नियम ११५
प्रतिवेदन पेश गर्नु पर्ने
मूल्याड्ढन समितिले नियम १११, ११२, ११३ र ११४
बमोजिम गरेको परीक्षण तथा मूल्याड्ढनको विस्तृत विश्लेषण र देहायका कुरा खुलाई
सोको प्रतिवेदन तयार गर्नु पर्नेछ र सो प्रतिवेदन मूल्याड्ढन कार्य शुरु गरेको मितिले
पन्ध्र दिनभित्रमा पेश गर्नु पर्नेछ ः–
(क) बोलपत्रदाताको नाम र ठेगाना,
(ख) बोलपत्रदाताहरुको कुल कबोल अड्ढ र मुद्रा,
(ग) खरिद ऐनको दफा २३ को उपदफा (८) र (९) बमोजिम त्रुटि
सच्याईएको भए त्यस्तो त्रुटि सच्याई कायम भएको कुल कबोल अड्ढ र
मुद्रा,
(घ) बोलपत्रदाताले कुनै छुट दिन प्रस्ताव गरिएको कुरा आर्थिक प्रस्ताव
खोलेको मुचुल्कामा उल्लेख भएको भए मूल्याड्ढन समितिले त्यसरी छुट
दिन प्रस्ताव गरिएको रकम समायोजन गरेको कुरा,
(ङ) खरिद ऐनको दफा १३ को उपदफा (२) को खण्ड (च) बमोजिम बोलपत्र
तुलना गर्न प्रयोग भएको मुद«ा र उल्लिखित मितिको विनिमय दरको
आधारमा कायम भएको रकम,
(च) खरिद ऐनको दफा २३ को उपदफा (२), (३), (४) र (६) बमोजिम
परीक्षण गर्दा पाईएका आधारहरु,
(छ) खरिद ऐनको दफा २५ को उपदफा (८) बमोजिम न्यूनतम मूल्याड्ढित
सारभूतरुपमा प्रभावग्राही बोलपत्रको मूल्याड्ढनको आधार र तरिका ।